राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका चिकित्सकसहित ४ जनामा कोरोना देखिएपछि सबै सेवा बन्द

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका चिकित्सकसहित ४ जनामा कोरोना देखिएपछि सबै सेवा बन्द

असार ५ काठमाडौं

दाङकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित चार जनामा कोरोना संक्रमण फेला परेको छ।

प्रतिष्ठानमा कार्यरत  एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा शुक्रबार काेराेना संक्रमण फेला परेको हाे ।

प्रतिष्ठानका कायममुकायम रजिष्टार कैलाशप्रशाद देवका अनुसार ३९ वर्षीय एक चिकित्सक, ३४ र २५ वर्षीया दुई नर्स र ४२ वर्षीय एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो।

उनले कम्तिमा पनि अबको दुई दिनसम्म प्रतिष्ठान सिल गरिने उनले बताए। ‘हामी दुई दिन प्रतिष्ठानमा विरामी भर्ना लिँदैनौं र पूरै प्रतिष्ठान निर्मलीकरण गर्छौं,’ देवले भने।

अहिले उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्ने काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार