सुर्खेतमा क्वारेन्टिनमा आरडिटी जाँचेर घर पठाइएका व्यक्तिको मृत्यु

सुर्खेतमा क्वारेन्टिनमा आरडिटी जाँचेर घर पठाइएका व्यक्तिको मृत्यु

असार ७ काठमाडौं

सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट फर्किएका एक जनाको मृत्यु भएको छ।

भेरीगंगा–५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो। छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन बसेका उनी जेठ २९ गते घर फर्किएका थिए।

क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन्। उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उनले बताइन्।

पिसिआर परीक्षणका लागि मृतकको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गएको नगर स्वास्थ्य इञ्चार्ज राजेश बुढाले जानकारी दिए। पिसिआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार