कर्णालीमा उपचार गराइरहेका १ जना कोरोना संक्रमितको मृत्यु

कर्णालीमा उपचार गराइरहेका १ जना कोरोना संक्रमितको मृत्यु

असार ९ काठमाडौ
कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको सोमबार राति साढे ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

क्षयरोगका बिरामी उनी असार ३ गते प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा ४ गते उनमा संक्रमण पुष्टि भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए।

‘असार ३ गते यहाँ भर्ना हुनुभएको थियो, ४ गते टेष्ट गर्दा पोजेटिभ देखिएको हो,’ पौडेलले सेतोपाटीसँग भने, ‘पोजेटिभ देखिएपछि कोरोना विशेष अस्पतालमा सिफ्ट गरेका थियौं, सोमबार मृत्यु भएको हो।’

डाक्टर पौडेलका अनुसार उनको सुर्खेतमै अन्त्येष्टि गर्ने तयारी भएको छ। नेपाली सेनाको टोली अन्त्येष्टिका लागि तयारी अवस्थामा रहेको उनले बताए। योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार