मंगलबार कर्णालीमा २५ जनामा कोरोना संक्रमण थपिए, ९ जना संक्रमित डिस्चार्ज

मंगलबार कर्णालीमा २५ जनामा कोरोना संक्रमण थपिए, ९ जना संक्रमित डिस्चार्ज

असार ९ काठमाडौ
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा नयाँ २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ ।  संक्रमित हुनेहरुमा दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा रहेका छन । संक्रमितमध्ये दैलेखको नारायण नगरपालिकाका एक महिलासहित १८ जना रहेका छन् भने एकजना पुरुष नौमुले गाउँपालिकाका हुन् ।

आजै सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचाररत दैलेख दुल्लुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म कर्णालीमा यो सँगै कोरोनाले मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यस्तै कर्णाली प्रदेशका विभिनन् आइसोलेसनबाट ९ जना डिस्चार्ज भए सगै अब डिस्चार्ज हुनेको संख्या ५६० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार