कार रूखमा ठोक्किँदा बाँकेमा दुई जनाको मृत्यु

कार रूखमा ठोक्किँदा बाँकेमा दुई जनाको मृत्यु

असार ९ काठमाडौ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ सिक्टा जंगलमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १४ च २७८९ नम्बरको कार मंगलबार दिउँसो अन्दाजी पौने २ बजेतिर आफै अनियन्त्रित भएर रुखमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक चितवन भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी ४१ वर्षिय कमलराज लम्साल र नवलपरासी कावासोती नगरपालिका वडा नम्बर ८ का २२ वर्षिय छितिजराज कुँवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका कार चालक लम्सालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा अपरान्ह पौने ४ बजेतिर र कँुवरको साढे ४ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कार सडकबाट ३ मिटर दाहिने साईडमा रहेको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ । राजमार्गमा हालै गरिएको कालोपत्रे उप्किएर सडकभरी गिट्टी भएका कारण अचेल त्यस क्षेत्रमा दिनहुँ दुर्घटना हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । तीव्र गतिमा गुड्ने सवारी साधन ब्रेक लगाउने क्रममा प्रायः दुर्घटनामा पर्ने गरेको स्थानीय प्रहरीले जनाएको छ । तस्बिर सौजन्य: जागेश्वर वली ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार