सामाजिक र व्यक्तिगत दूरी कायम गरि धान दिवस मनाईने

सामाजिक र व्यक्तिगत दूरी कायम गरि धान दिवस मनाईने

असार १२ काठमाडौं

सरकारले असार १५ गते १७ औं  राष्ट्रिय धान दिवस मनाउने भएको छ ।

कृषि अनुसन्धान परिषद्को कार्यालय हाता खुमलटारमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै  धान दिवस मनाइने कृषि विभागले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

धान उत्पादनमा वृद्धि आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सांकेतिक कार्यक्रम गरिने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए ।

यसवर्ष अहिलेसम्म दुई लाख ७५ हजार २९ हेक्टरमा धान रोपाइँ सकिएको विभागले जनाएको छ ।

मनसुन समयमै सुरु हुँदा गत वर्षको तुलनामा असार १० गतेसम्म ८.४१ प्रतिशत बढी क्षेत्रमा धान रोपाईं सकिएको विभागले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार