बाँकेस्थित वाणिज्य बैंकका शाखा प्रबन्धक पक्राउ

बाँकेस्थित वाणिज्य बैंकका शाखा प्रबन्धक पक्राउ

असार १३ नेपालगन्ज
राष्ट्रिय वाणिज्य बैंक बाँके त्रिभुवनचोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् ।  सरकारी किर्ते छाप र नक्कली कागजपत्रका आधारमा सुनचाँदी व्यवसायीलाई १ करोड २५ लाख रुपैयाँ ऋण दिएको आरोपमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिदसहितका नक्कली कागजपत्रहरु बनाएर राष्ट्रिय वाणिज्य बैंक, नेपालगन्जको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए ।

सोही घटनाको अनुसन्धान गरेको प्रहरीले बैंकका शाखा प्रबन्धक शाहीलाई पक्राउ गरेको हो । ‘नक्कली कागजपत्रका आधारमा ऋण प्रवाह भएको देखियो ’ जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा प्रवत्ता सुवास खड्काले भने, ुसरकारी छाप किर्तेको थप अनुसन्धानमा छौं,’ ऋण लिने जसगढ यसअघि जेठ २७ गते नै पक्राउ परिसकेका छन् ।

जसगढले नक्कली कागजपत्र र किर्ते छापका आधारमा २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड २५ लाख रकम निकालेका थिए । प्रहरीले अहिले शाहीलाई पक्राउ गरेर म्याद थपको प्रक्रिया अघि बढाइसकेको छ भने बैंकका अरु कर्मचारीसँग बयान लिइरहेको डिएसपी खड्काले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार