लुम्लेसम्म देखियो सलहको प्रकोप

लुम्लेसम्म देखियो सलहको प्रकोप

असार १३ काठमाडौं

शनिबार बिहान बारा र सर्लाही जिल्लामा पहिलोपटक देखिएको सलह किराको फौज अरु जिल्लामा पनि फैलन थालेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीका अनुसार बारा, पर्सा, सिन्धुली, रुपन्देही र कास्की जिल्लामा पनि सलह देखिएको जानकारी आएको बताए। सलह किरा नेपाल प्रवेश गरेपछि यसबारे निर्णय लिन शनिबार मन्त्रालयले विभिन्न व्यक्ति र निकायसँग गरेको भर्चुअल बैठकका क्रममा सलहको फौज कास्कीको लुम्मेसम्म फैलिएको जानकारी आएको बैठकमा सहभागी एक उच्च अधिकारीले बताए।

सलहको फौज हावाको गति र दिशासँगै एक ठाउँबाट अर्को ठाउँमा विस्तार हुने गर्दछ। शुक्रबार रातिसम्म नेपालका कुनैपनि स्थानमा सलह फैलिएको बारे आधिकारिक जानकारी आएको थिएन। तर शनिबार बिहान तराइका केही जिल्लामा देखिएको सलह किराको फौज बिस्तारै अरु जिल्लामा पनि फैलन थालेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार