पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरुद्ध

पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरुद्ध

Sidda Baba

असार १४ काठमाडौ
सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।

शनिबार रातभर परेको अबिरल बर्षाका कारण पहिरो खसेपछि सडक पूर्णरुपमा बन्द भएको छ। लगातार परेको वर्षाको कारण पहिरो हटाउन नसकिएको  दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सोम बहादुर सारुले जानकारी दिए।

पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै पहिरो जाँदा सडक अवरुद्ध बनेको हो।

पहिरोका कारण बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बाग्लुङ, पर्वत लगायतका जिल्लामा जाने र उताबाट आउने सवारी साधन सडकमा रोकिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार