आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

असार १४ काठमाडौं
पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।   देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।

यीमध्ये १०५ जना महिला हुन् भने बाँकी ३५८ जना पुरुष हुन्। हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १२ हजार ७७२ जना पुगेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार