बझाङमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङमा पहिरोले पुरिँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

बझाङ । शुक्रबार अविरल बर्षासंगै आएको पहिरोले पुरिँदा बझाङमा ६ को मृत्यु भएको छ भने १ जना बेपत्ता बेपत्ता भएका छन् ।

बझाङको केदार स्युँ गाउँपालिका–८ मल्लेस गाउँमा पहिरो जाँदा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ भने १ जना अझै बेपत्ता छन् ।

पहिरोले पुरिएर केदार स्युँ गाउँपालिका–८ का ४२ वर्षीय राममती देवी जेठारा, उनका ११ वर्षीय छोरा प्रयाग जेठारा र ७ वर्षीय छोरी अस्मीता जेठाराको शव फेला परेको छ ।

यस्तै सोही ठाउँका ८० वर्षीय दले जेठारा,  राममति जेठाराकी १५ वर्षीया छारी शान्ति जेठारा र स्थानीय नवराज जेठाराकी छोरी १४ वर्षीय सन्तु जेठाराको शव फेला परेको सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश एसएसपी सिंहले बताएका छन् ।

पहिरोमा बेपत्ता भएका २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता रहेका छन्।

अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पहिरोले पुरिएका छन् । घरहरु पुरिएपछि गाउँमा बसोबास गर्ने मानिसहरुको बिचल्ली भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार