आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न नारायणकाजीको चेतावनी

आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न नारायणकाजीको चेतावनी

काठमाडौं। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नतान्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्री र राज्यमन्त्रीसँगको परामर्शमा आफूलाई पदबाट हटाउन र राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन षडयन्त्र भइरहेको बताएको समाचार बाहिर आएपछि सत्तारुढ पार्टीका प्रवक्ताको यस्तो भनाइ आएको हो।

श्रेष्ठले शनिबार राति ट्विट गर्दै भनेका छन्, ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो। यो गरिमामय सँस्थालाई कसैले पनि आआफ्नो स्वार्थका लागि विवादमा नतानौं।’

उनले राष्ट्रपतिको विरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार नर्गन पनि आग्रह गरेका छन्।

श्रेष्ठले भनेका छन्, ‘राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं।राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार