रुकुम सल्लेमा गाडीबाट पोल अन्लोड गर्दा उछिटिएर एकको मृत्यु

रुकुम सल्लेमा गाडीबाट पोल अन्लोड गर्दा उछिटिएर एकको मृत्यु

विद्युत्का पोलहरु गाडीबाट अन्लोड गर्ने क्रममा उछिटिएर रुकुम पश्चिमका एक जनाको मुत्यु भएको छ । खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमको विद्युत्तको पोलहरु अहिले गाडीबाट अन्लोड गर्ने क्रममा सल्लेमा मुसिकोट नगरपालिका- ५ सेरीगाउँका ६२ बर्षका गोपाल खड्का मगरको मुत्यु भएको हाे ।

अन्य ५ जना साथीहरु सँगै पोल अन्लोड गर्दा उछिटिएर उनको घटना स्थलमा मृत्यु भएको हो । अहिले उनको शव लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको खानेपानी सिचाई तथा उर्जा विकास कार्यालय रुकुम पश्चिमका प्रमुख तेजनारायण महतोले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार