भाेलिबाट सर्लाहीमा सरकारी कार्यालय टोकन अनुसार खोलिने

भाेलिबाट सर्लाहीमा सरकारी कार्यालय टोकन अनुसार खोलिने

काठमाडौं । लकडाउन जारी भएपछि बन्द रहेका सर्लाहीका सरकारी कार्यालयहरु सोमबारबाट खुल्ने भएका छन् । सामाजिक दुरी कायम गर्दै कार्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबारको निर्णय अनुसार सोमबारदेखि जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमीसुधारसहितका कार्यालयहरु सञ्चालनमा आउनेछ । बढी भिडभाड नहोस् भन्नका लागि प्रत्येक स्थानीय तहका लागि दिन निर्धारण गरेर सेवा प्रवाह गर्ने निर्णय भएको छ ।

सर्लाहीको कुल २० वटा स्थानीय तहमध्ये १६ वटा स्थानीय तहका जनताको सेवा प्रवाह सदरमुकाम मलंगवाबाट र बाँकी चार स्थानीय तहको हरिवन र बरहथवास्थित कार्यालयबाट गरिने जिसीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार