खोलाले बगाउँदा जाजरकोटमा एक जना बेपत्ता

खोलाले बगाउँदा जाजरकोटमा एक जना बेपत्ता

खाेलाले बगाउदा जाजरकोटमा एक जना बेपत्ता भएका छन । जिल्लाकाे नलगाड नगरपालिका ४, औलका ५० वर्षीय शान्तबहादुर सार्की कैनाखोलाले बगाएर बेपत्ता भएका हुन ।

आइतबार राति ९ बजे नलगाड–३, कैनाबजारबाट घर फर्कने क्रममा खोलामा बेपत्ता भएका हुन् । ८ वर्षीय छोरासँग घर फर्कंदै गर्दा खोला तर्ने क्रममा सार्की बेपत्ता भएको प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।

छोरालाई किनारमा राखेर आफू एक्लै खोला तर्न लाग्दा बगेको डीएसपी श्रेष्ठले बताए ।  बपत्ता सार्कीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार