कैलालीकाे लम्कीमा नेकपा कार्यकर्ताबीच झडप

कैलालीकाे लम्कीमा नेकपा कार्यकर्ताबीच झडप

काठमाडौं । साेमबार कैलालीको लम्कीमा नेकपा कार्यकर्ताहरुबीच झडप भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहका कार्यकर्ता एकापसमा झडपमा उत्रिएका हुन् ।

केन्द्रमा दुवै पक्षका शीर्ष नेताबीच विवाद चुलिरहेकै बेला स्थानीय कार्यकर्ताबीच झडप भएको थियो ।

सचेत नागरिक समाज नाममा प्रधानमन्त्री ओलीको सर्मथनमा अपरान्ह लम्की चोकमा र्‍यालीसहित कोणसभाको आयोजना गरेको थियो । सोही क्रममा दुवै पक्षबीच भएको विवाद हात हालाहालमा परिणत भएको थियो ।

स्थानीयका अनुसार ओली पक्षले, ‘हामीलाई दाहालको एक-एक हर्कत थाहा छ’ भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो ।

नेकपाका कार्यकर्ता नरबहादुर खड्काले दाहालका विरुद्ध अभिव्यक्ति दिएको आरोपमा दाहाल निकटका केही युवाहरु खड्काको माइक खोस्‍न अग्रसर भएपछि दुवै पक्षबीच झगडा भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार