गाउँ लगिएको राहत खोलामा बगाउने वडाध्यक्ष कारबाहीमा

Duduwa Corona

गाउँ लगिएको राहत खोलामा बगाउने वडाध्यक्ष कारबाहीमा

प्रवासी नेपाली र प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यन्न किनेर असार १३ गते ढोरपाटन नगरपालिका- ४ खुँगातर्फ ट्रयाक्टरमा लगिएको राहत राजमोका कार्यकर्ताले खोलामा फ्याँकिदिएका थिए भने राहत लिएर जानेहरुमाथि आक्रमण गरेका थिए ।

उनीहरुले बिरामी उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए । उक्त घटनामा राष्ट्रिय जनमोर्चाको तर्फबाट नगरपालिकाको वडा नं ४ मा निर्वाचित वडाध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी संलग्न देखिएको अध्यक्ष  चित्रबहादुर केसीले जानकारी दिए ।

‘उक्त घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत निष्काशन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार