बुधबार थप २५५ जनामा काेराेना संक्रमण

Corona-Ad-Raptisonari

बुधबार थप २५५ जनामा काेराेना संक्रमण

काठमाडौं । नेपालमा २४ घण्टायता थप  २५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ। हालसम्म ७ हजार ७ सय ५२ जना निको भएर घर फर्किएका छन्।

हाल २५ हजार ४० जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६ सय ३६ जना आइसोलेसनमा छन्।

मंगलबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार