काठमाडौं १६ र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १६ र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज बुधबार काठमाडौं उपत्यकामा २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार