बाढीपीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक दिन सर्वोच्चको आदेश

बाढीपीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको पारिश्रमिक दिन सर्वोच्चको आदेश

काठमाडौ । सर्वोच्च अदालतले कोसी बाढी पीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा आदेश जारी गरेको छ । २०६६ सालको कोसीबाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ जना स्वास्थ्यकर्मीहरु करारमा नियुक्त गरेको थियो ।

झण्डै एक दशकदेखि पारिश्रमिक नपाएका उनीहरुलाई तत्काल पारिश्रमिक दिन आदेश जारी गरेको हो ।

न्यायाधीशहरु सुष्मालता माथेमा र डा। मनोजकुमार शर्माको इजलासले २१ जना स्वास्थ्यकर्मीहरुको कुल ५६ लाख ६७ हजार रुपैयाँ पारिश्रमिक तत्काल भुक्तान गर्न आदेश दिएको हो । उनीहरुको २०६६ फागुनदेखि २०६८ साल भदौसम्मको पारिश्रमिक बाँकी थियो । पारिश्रमिक नपाएको भन्दै उनीहरुले २०६९ सालमा नै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार