वैशाखपछि विपतजन्य ८०४ घटना, ११४ को मृत्यु

वैशाखपछि विपतजन्य ८०४ घटना, ११४ को मृत्यु

काठमाडौं । मुलुकमा यही वैशाखदेखि अहिलेसम्म ८०४ वटा विपद्जन्य घटना हुँदा १०४ जनाको मृत्यु भएको छ।

उक्त घटनामा परी तीन जना हराइरहेका र ३४९ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सबैभन्दा बढी क्षति चट्याङबाट भएको छ। चट्याङ्मा परेर ४७ जनाले ज्यान गुमाएका छन्। दोस्रोमा पहिरोबाट ३६ जनाले ज्यान गुमाइसकेका छन्।

विपद्का घटनाबाट अहिलेसम्म तीन हजार ६०० परिवार प्रभावित भएका छन्। दुई हजार ५१५ घरमा आंशिक र २४५ घर पूर्णक्षति भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

उक्त अवधिमा झण्डै रु ४३ करोड बराबरको आर्थिक तथा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त अवधिमा १५२ ठाउँमा चट्याङ पर्दा ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका छन्। आगलागीका ३३९ घटना हुँदा सात जनाले ज्यान गुमाएका छन् भने ७१ जना घाइते भएका, १७० वटा घर पूर्णक्षति भएको र ११० घर आंशिक क्षति भएको छ।

उक्त अवधिमा २३ वटा सर्पको टोकाइका घटना भएकोमा १० जनाको मृत्यु भएको र १४ जना घाइते भएको कार्यकारी अधिकृत पोखरेलले बताए।

उक्त अवधिमा बाढीका भने २३ घटना भएको छ। जसबाट चार जनाको मृत्यु र एक जना वेपत्ता छन्। प्राप्त विवरणानुसार यो बीचमा १०७ वटा पहिरो खसेको र पहिरोमा परेर ३६ जनाले ज्यान गुमाएका छन्।

पहिरोमा परी दुई जना बेपत्ता रहेको र २९ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार