सुनको भाउ उच्च

सुनको भाउ उच्च

काठमाडौ । नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको छ । बिहीबार नेपाली बजारमा छापावल सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९६५ रुपैयाँमा कायम भएको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर ९८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारको तुलनमा प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको महासंघ महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।
बिहीबार कारोबार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । सुनको भाउ र लकडाउनकै कारण सुनको कारोबार ठप्प रहेको महासचिव बज्राचार्यको भनाइ छ ।

दैनिक १५ लाखको सुन कारोबार गर्ने पसलले बिहेको लगनकै बेलामा पनि मुस्किलले दुई लाखको कारोबार गरेको उनले सुनाए ।  ‘कारोबार ठप्प छ, बजारका ७० पसल खुलेका छैनन्, दुई चारदिन मात्रै रहेको बिहेको लगन पनि अब त सकियो,’ महासचिव बज्राचार्यले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार