यात्रुहरु पुर्‍याएर फर्किने क्रममा डोटीमा पहिरोले पुरियो जिप

यात्रुहरु पुर्‍याएर फर्किने क्रममा डोटीमा पहिरोले पुरियो जिप

काठमाडौं । डोटीको के.आई.सिं गाउँपालिका-५, बुहार गाउँ नजिक सडकमा आएको पहिरोले एउटा जिप च्यापिएको छ ।

बिहीबार राति गाउँपालिका केन्द्र वायलबाट दिपायल आउने क्रममा से१च २१२५ नं. को बोलेरो जिप पुरिएको हो ।

यात्रुहरु पुर्‍याएर फर्किने क्रममा सडकमा एउटा ढुङ्गा खसेको देखेपछि ढुङ्गा फाल्न चालक गाडीबाट झरेका थिए । त्यसैबेला माथिबाट खसेको पहिरोले जिप पुरिएको हो ।

घटनामा चालक योगेन्द्र साउँद घाइते भएका छन् । उनको डोटी राजपुरस्थित सु-जङ्ग अस्पतालमा उपचार भइरहेको गाडीधनी योगेन्द्र भण्डारीले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार