राहतमा सहयोग गर्न कांग्रेसको निर्देशन

राहतमा सहयोग गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली  कांग्रेसले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा भएको जनधनको क्षति र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति दुःख व्यक्त गरेको छ ।

शुक्रबार कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति मार्फत प्राकृतिक विपत्‌को यस घटनाप्रति दुःख व्यक्त गर्दै अहिलेको संवेदनशील घडीमा प्रभावितको जीवन रक्षा, उद्धार र राहतलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले प्रभावित क्षेत्रका कांग्रेसका स्थानीय पार्टी निकाय तथा भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थालाई पीडित परिवारलाई तत्काल उद्धार र राहतमा आवश्यक सहयोग पुर्‍याउन निर्देशन गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार