५० प्रतिशत कोरोना संक्रमित निको भए : जनसंख्या मन्त्रालय

५० प्रतिशत कोरोना संक्रमित निको भए : जनसंख्या मन्त्रालय

काठमाडौं । नेपालमा ५० प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारको प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले नेपालमा संक्रमित भएकाहरुमध्ये ५० दशमलव ५ प्रतिशत निको भएर घर फर्किएको बताएका हुन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ४ सय ३१ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा हालसम्म १६ हजार ७ सय १९ जनालाई कोरोना देखिएको छ ।

यस्तै भोजपुर, मुस्ताङ, मनाङ, सोलुखुम्बु र हुम्ला जिल्ला कोरोनामुक्त भएका छन।

मन्त्रालयका अनुसार मृतकको संख्या भने शनिबार अपरान्हसम्म ३८ पुगेको छ । फाईल फाेटाे

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार