प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित डिस्चार्ज, ३ जना थपिए

Corona-Ad-Raptisonari

प्रदेश १ बाट २२ जना कोरोना सङ्क्रमित डिस्चार्ज, ३ जना थपिए

Florence Ad

काठमाडौ । प्रदेश १ मा २२ जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुष रहेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ५ सय ७१ पुगेको छ ।

यस्तै प्रदेश १ मा आज ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङको पथरी शनिश्चरेका २ महिला र झापाको कचनकवलका १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २४ पुगेको छ ।

Dunduwa Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Musikot-Ad