खोलाले बगाउँदा सिन्धुपाल्चोकमा एकजनाको मृत्यु

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा एकजनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर सोमबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका -९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा छन् ।

खोला तर्ने क्रममा बगेका उनको शव करिब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका-५ जम्बु र भोटेकोशी गाउँपालिका -५ बुलकोटेका २० जनाको भने खोजी जारी छ ।

पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार