औषधि उत्पादक संघ आन्दोलनमा

औषधि उत्पादक संघ आन्दोलनमा

काठमाडौं । नेपाल औषधि उत्पादक संघले ह्याण्ड सेनिटाइजर दर्ताका लागि तीन महिना समयावधि थप्ने निर्णयको विरोधमा आन्दोलनमा उत्रेका छन । संघले मंगलबार औषधि व्यवस्था विभाग अगाडि साढे दुई घण्टा धर्ना दिएको हुन ।
उनीहरुले आफना माग पूरा नभए बुधबारदेखि आन्दोलनलाई कडा पार्ने चेतावनी दिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २२ गते ह्याण्ड सेनिटाइजर दर्ताको म्याद बढाउने निर्णय गरेपछि उनीहरूले त्यसको विरोध गरेका हुन् । सरकारको यो निर्णय औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य विपरीत रहेको संघको आरोप छ ।

मास्क, पीपीई, कस्मेटिक, खाद्य परिपूरक लगायतका सामग्री नेपालमै उत्पादन हुनसक्ने भएतापनि सरकारले उत्पादन अनुमति र प्रोत्साहन नगरेको संघको भनाइ छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने चैतमा सूचना जारी गरे लगत्तै लकडाउन सुरु भएकाले तीन महिना म्याद थप गर्नुपरेको बताउँछन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार