मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

काठमाडौं । मगलबार  बेलुका कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

म १ प ७५५७ नम्बरको मोटरसाइलले सोही दिशामा अगाडी गइरहेको से ५ प २१४४ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा पछाडिबाट ठोक्किएको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ६० बर्षे पदमराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकलका चालक राजेन्द्र भट्ट गम्भीर घाइते भएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए।

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको छ।

अगाडि गइरहेको मोटरसाइकलका चालक धनबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी र  मोटरसाइकलको पछाडि बसेकी महिला सामान्य घाइते भएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार