रुकुमकाे महेन्द्र मावि नमुना विद्यालयमा छनोट

रुकुमकाे महेन्द्र मावि नमुना विद्यालयमा छनोट

काठमाडौ ।  रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१३ मा रहेको महेन्द्र माद्ययमिक विद्यालय चौतारालाई सरकारले नमुना विद्यालयका रुपमा छनोट गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन एक निर्वाचन क्षेत्र एक नमुना विद्यालय कार्यक्रम अन्तर यस बर्ष रुकुम पश्चिमबाट  महेन्द्र मावि चौतारालाई नमुना विद्यालयका रुपमा छनोट गरेकाे हाे ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मानव श्रोत विकास केन्द्र अन्तर्गत विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार उक्त विद्यालयलाई नमुना विद्यालयका रुपमा छनौट गर्ने निर्णय गरेको हो । २०१७ सालमा स्थापना भएको उक्त विद्यालय जिल्लाको नमुना विद्यालयका रुपमा परिचत रहेको छ । यस अघि पनि विद्यालयले जिल्ला देखि केन्द्रीयस्तर सम्मका विभिन्न पुरुष्कारहरु पाईसकेको छ ।

विद्यालयलाइ वडा कार्यालय, नगरपालिका र विभिन्न सामाजिक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन । तीन बर्षदेखि विद्यालयले नमुना विद्यालय छनोटको लागि फारम भदै आएको यस पटक नमुना विद्यालयका रुपमा छनोटमा परेकोमा खुशी व्यक्ति गर्दै विद्यालयका शिक्षक टेक बहादुर ओलीले भने विद्यालयलाई यहाँसम्म ल्याउनमा सबैको सहयोग रहेको छ ।


२०७२ साल देखि प्राविधिक शिक्षा तालिम परिषद (सिटिई भिटिई) भक्तपुरबाट १५ महिने कृषि जेटिए सञ्चालन गरेको यस विद्यालयले २०७३ साल देखि कृषि तथा बाली बिज्ञान पढाई शुरु भएको छ । विद्यालयमा हाल १५ सय विद्यार्थीहरु अध्ययनरत छन भने ३० जना शिक्षक कार्यरत छन । याे पनि पढनुहाेस https://ujelinews.com/archives/5194

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार