घरभित्र पनि अनिवार्य मास्क लगाउनुपर्ने

घरभित्र पनि अनिवार्य मास्क लगाउनुपर्ने

फाईल फोटो

काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण नियन्त्रणको नियममा थप कडाइ गरिएको छ । फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले आगामी सातादेखि घर वा कुनै बन्द स्थानभित्र पनि मास्क लगाउन अनिवार्य हुने बताएका छन् । यसअघि राष्ट्रपति इम्यानुअल म्याक्रोँले यो नियम अगष्ट १ देखि लागू हुने बताएका थिए । कास्टेक्सले यो नियमको लागि अगस्टसम्म कुर्दा ढिला हुने भन्दै आगामी सातादेखि नियाम लागू हुने बताएका हुन् ।

अहिलेसम्म फ्रान्समा सार्वजनिक यातायातको प्रयोग गर्ने र भौतिक दुरीको पालना नहुने स्थानमा मात्र मास्क अनिवार्य गरिएको थियो ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म फ्रान्समा दुई लाख १० हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार