सिंहदरबारभित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गरिने

सिंहदरबारभित्रका सफाइ कर्मचारीको कोरोना परीक्षण गरिने

काठमाडौं । सरकारले सिंहदरबारभित्रका काम गर्ने सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्तरीय टोलीले सिंहदरबारभित्रका सफाइ कर्मचारीमा कोरोना संक्रमण पत्ता लगाउन परीक्षण गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उक्त टोलीले विदेशबाट आएका, कोरोना पोजेटिभ व्यक्तिको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीहरुको पनि चिकित्सकको सल्लाह बमोजिम कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै मन्त्रालयले विदेशबाट हवाई मार्ग हुँदै नेपाल फर्किनेलाई ५ दिन होल्डिङ सेन्टरमा राखेर परीक्षण गरी स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार