पुल नहुँदाको पीडा : एउटा मोटरसाइकल तराएको पाँचसय

पुल नहुँदाको पीडा : एउटा मोटरसाइकल तराएको पाँचसय

मोटरसाईकल तार्दै युवाहरु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ र ६ को सीमामा पर्ने बडागाउँ खोलामा पुल नहुँदा आवतजावतमा निकै समस्या भएको छ । वर्षायाम शुरु भएसँगै खोला बढने भएकाले यस क्षेत्रका स्थाीयहरुलाई वारपार गर्ने समस्या हुने गरेको छ ।

वर्षाको कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन्। मुसिकोट देखि आठविसकोट पुग्न यहि सडक भएर पुगिन्छ । तर अहिले खोलामा  पानीको मात्र धेरै भएकाले उक्त सडक बन्द रहेको छ ।अहिले सम्म उक्त ठाउँमा पुल बनाउनको लागि कसैले पहल नगरेको स्थानीयले गुनासो गरेका छन ।

खोला बढेपछि अहिले स्थानीय युवाहरुले मोटरसाइकल बोकेर वारपार पर्ने गरेका छन । उनीहरुले मोटरसाईकल वारपार गराएवापत प्रति मोटरसाईकल पाँच सय रुपैया लिने गरेका छन । अहिले दैनिक ५ / ६ जनाको समुहमा युवाहरुले ७ देखि १० वटा सम्म मोटरसाईकल बोकेर तार्न गरेको स्थानीय रुपेश दहालले बताए ।

वर्षाको समय खहरे खोला कतिबेला कति पानीको वहाव वढछ भन्ने कुराको थाहा हुदै जोखिम उत्तिकै छ , तर पनि यात्रुको समस्यालाई मध्यनजर गर्दै एउटा मोटरसाइकल तराए वाफत पाँचसय लिने गरेको दहालको भनाइ छ । विगतका वर्षमा उक्त खोलामा दुई जनाको ज्यान गएको थियो । पुल नहुँदा हिउँदमा जेनतेन खोला तर्न सकिने भए पनि बर्खायाममा खोलातर्न नसक्दा समस्या हुदै आएको छ।

सोहि खोलामा अस्थायी काठको पुल निमार्ण गर्दै

यस्तै अहिले उक्त खोलामा गाउँपालिकाले काठको अस्थायी पुल बनाउन लागेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत उक्त पुल बनाउन लागेको गाउँपालिकाका अध्यक्ष धर्म बहादुर केसीले बताए ।

उनका अनुसार मुख्यमन्त्री कार्यालयबाट सडक मर्मत गर्ने भनि बजेट आएपनि खाेलामा वारपारि गर्ने समस्या भएकाले केहि समयका लागि भएनि पनि अस्थायी काठे पुल बनाउन लागिएको हो । पुल निर्माणको लागि गाउँपालिकाले दुई लाख खर्च गर्ने बताएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार