काठमाडौंमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौंमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

काठमाडौं । काठमाडौमा पहिरोबाट एक जना युवकको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा आइतबार साँझ गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको प्रहरी काठमाडौं  प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनको मृत्यु भएको पुष्टि गरेका छन् ।

साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको निधन भएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार