तनहुँमा पहिरोले पुरिएर हजुरआमा-नातिनीको मृत्यु

तनहुँमा पहिरोले पुरिएर हजुरआमा-नातिनीको मृत्यु

सां‌केतिक फोटो

तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा सोमबार पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।  मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र १५ वर्षीया शिताष्मा धौराली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय मनोज धौलारीको घर पहिराले बगाउँदा दुवै जना बेपत्ता भएका थिए। वेपत्तामध्ये शिताष्माको उद्धार गरिए पनि अस्पताल लैजाने क्रममा बाटोमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। तिलमायाको भने घटनास्थलमै शव निकालिएको छ।

पहिराले पुरिएर तनहुँमा एकसाताको अवधिमा १३ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।  व्यास नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा पाँच र म्याग्दे गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो। व्यासका एक जना भने अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार