रुकुम पश्चिममा ३८ औँ बीपी स्मृति दिवस

रुकुम पश्चिममा ३८ औँ बीपी स्मृति दिवस

रुकुम पश्चिम । नेपालकाे पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाको ३८ औं स्मृति दिवस आज रुकुममा मनाइएको छ । बीपी कोईरालाको ३८ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय नजिकै रहेको बीपीको शालिकमा पुगेर पुष्प गुच्छा चढाएर श्रदाशुमन व्यक्त गरिएको नेपाली काँग्रेसका सभापति प्रेम प्रकाश ओलीले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्ब सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर नेपाली, नेपाली कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संगठनका प्रमुख तथा प्रतिनिधी लगायत नेपाली कांग्रेसका नेपाली कांग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमको सहजीकरण काग्रेस रुकुम पश्चिमका सचिव गोरख बहादुर खत्रीले गरेको जनाएको छ । बीपीको २०३९ साल साउन ६ गते निधन भएको थियो । सोही दिन पारेर नेपाली कांग्रेसले देशभर आजैका दिन बीपीको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार