चितवनमा स्क्रब टाइफसबाट एक पुरुषको मृत्यु

Corona-Ad-Raptisonari

चितवनमा स्क्रब टाइफसबाट एक पुरुषको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत स्क्रब टाइफसका एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै श्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको मंगलबार बिहान मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती बिरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ ।

उनका अनुसार मृत्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिए । उनका अनुसार मुसाको जुम्राले टोकेर स्क्रब टाइफस रोग लाग्छ ।

मुसाको जुम्रा झारमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकित्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरीरका विभिन्न अंग दुख्ने लक्षण देखिन्छ । मुख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।
Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार