मंगलबार ६०९ जना कोरोना मुक्त, १५० जनामा संक्रमण

मंगलबार ६०९ जना कोरोना मुक्त, १५० जनामा संक्रमण

काठमाडौं । नेपालमा मंगलबार थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार सम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

त्यस्तै मंगलबार ६०९ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । विगत २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म मृतक ४० जनामा कोरोना देखिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार