यस बर्ष नागदहमा नागपञ्चमी मेला नलाग्ने

यस बर्ष नागदहमा नागपञ्चमी मेला नलाग्ने

काठमाडौं । हरेक बर्ष लागदै आएको ललितपुरको नागदहमा नागपञ्चमी मेला यस बर्ष स्थगित भएको छ । कोरोना भाइरसको जोखिमका कारण यस वर्ष स्थगित गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

महानगरले मंगलबार सूचना जारी गर्दै साउन १० गते परेको नागपञ्चमीमा मेला नलाग्ने महानगरपालिकाको २४ नं वडाका वडाध्यक्ष दिनेश कार्कीद्वारा जारी सूचनामा उल्लेख छ ।

नागपञ्चमीका दिन काठमाडौंको नागपोखरी र टौदह एवं ललितपुरको नागदहमा हरेक वर्ष विशेष मेला लाग्ने गर्दछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार