काठमाडौँकाे टोखामा पहिरो खस्दा जुम्ल्याहा दिदीभाईको मृत्यु

काठमाडौँकाे टोखामा पहिरो खस्दा जुम्ल्याहा दिदीभाईको मृत्यु

काठमाडौँ । काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।  मंगलबार बिहान धरान घर भइ टोखा नगरपालिका १ तासीडाँडामा बस्दै आएका तीन तीन वर्षीया जुम्ल्याहा छोराछोरी सचिन रानामगर र सन्ध्या रानामगरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

मंगलबार दिउँसो सवा १२ बजे खान खानेबेलामा महेश श्रेष्ठको टहरोमाथिबाट पहिरो गएर घर पुरिदाँ उनीहरुको ज्यान गएको हो। सो ठाउँमा अन्य १० जना मानिस पनि थिए। उनीहरु भने पहिरो जान थालेपछि भाग्न सफल भएका थिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार