रुकुममा आफनै भाईले गरे दाईकाे हत्या

रुकुममा आफनै भाईले गरे दाईकाे हत्या

रुकुम पश्चिम । मानसिक सन्तुलन गुमाएका रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका-९ निबासी ३४ बर्षका भुपेन्द्र मल्ल (भिम ) ले आफ्नै दाइको हत्या गरेका छन । घरमै हत्या गरेर बारिमा गाडेको अवस्थामा ४५ बर्षका दाई हरि बहादुर मल्ल (पठान) काे शव फेला परेकाे हाे ।

एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारिमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकोले घटना ढिला थाहा भएको हाे ।

आफ्नै भाइले चक्कु प्रहार गरी दाइ को हत्या गरेको र हत्यामा संलग्न भुपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । स्रोतका अनुसार दुवै जनाकाे मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार