पृथ्वी राजमार्ग पुन: अवरुद्ध, सुचारु हुन केहि समय लाग्ने

पृथ्वी राजमार्ग पुन: अवरुद्ध, सुचारु हुन केहि समय लाग्ने

फाईल फोटो

काठमाडौँ ।  पृथ्वी राजमार्ग अन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ। राजमार्गको सडक भासिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारीसाधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो।

अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भासिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो। यही साउन ४ र ५ गते पनि उक्त राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो।

उनले सवारी सञ्चालनमा ल्याउन करिब ६ घण्टा लाग्ने अनुमान रहेको बताए। तनहुँमा बिहीबार साँझदेखि अविरलरुपमा पानी परे पनि पृथ्वी राजमार्गको अन्य क्षेत्रमा अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए।

पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो। उक्त वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारीसाधन फसेपछि राजमार्ग अवरुद्ध भएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार