शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार थप १३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । शुक्रबार १ सय ३३ जना कोरोनाका संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पिसिआर परीक्षण गरिएको छ।

त्यस्तै, २४ घण्टामा १ सय ७ जना कोरोनाबाट मुक्त भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ भने क्वारेन्टिनमा बस्नेको संख्या १९ हजार ४ सय ४४ छ।  कोरोनाका कारण ४४ जनाको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार