कार्यसम्पादन मुल्यांकनमा दाङ उत्कृष्ट

कार्यसम्पादन मुल्यांकनमा दाङ उत्कृष्ट

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङ देशभरका ७७ वटै जिल्लामध्ये उत्कृष्ट बनेको गृह मन्त्रालयले जानकारी गराएको छ । आर्थिक वर्ष २०७६/०७७ को वर्षभरको कार्यसम्पादन सम्झौताको मुल्यांकनमा अति उत्कृष्ट अंकका साथ मुलुकभरको स्थानीय प्रशासनभन्दा अब्बल बन्‍न सफल भएको हो ।

दाङ प्रशासनले कार्यसम्पादन मुल्यांकनमा ए प्लस ग्रेडमा पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको २०७६/०७७ को कार्यसम्पादन सम्झौताको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय, दाङ अति उत्कृष्ट ग्रेडमा पर्न सफल भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार