तरकारी बजारमा आगलागी हुदा ११ पसल जले

तरकारी बजारमा आगलागी हुदा ११ पसल जले

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा साेमबार बिहान आगलागी भएको छ।

आगलागीमा परेर करिब ११ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ।

धरान उपमहानगरपालिकाको वारुणयन्त्र र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार