आज सुन प्रतितोला १२ सयले बढयो

आज सुन प्रतितोला १२ सयले बढयो

काठमाडौं । आज सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन आज ९सोमबार० प्रतितोला १२ सयले बढेको हो।

सोमबार सुनको मूल्य प्रतितोला १२ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि आइतबार सुनको मूल्य शुक्रबारको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको थियो।

आइतबार सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्ररबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ थियो।

सैगरी चाँदी पनि प्रतितोला ५५ रुपैयाँले बढेर सोमबार १ हजार २ सय रुपैयाँ मूल्य तोकिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार