एसिड आक्रमणमा परेकी युवतीलाई नागार्जुन नगरपालिकाले रोजगार दिने

एसिड आक्रमणमा परेकी युवतीलाई नागार्जुन नगरपालिकाले रोजगार दिने

काठमाडौँ । साउन ८ गते  साँझ करिब ८ बजे  एसिड आक्रमणमा परि घाइते ओखलढुंगा घर भएकी हाल नागार्जुन नगरपालिका-४ बाफलमा बस्ने २२ वर्षीया पवित्रा कार्कीकाे उपचार पछि नागार्जुन नगरपालिका काठमाडौँले रोजगार उपलब्ध गराउने भएको छ ।

सोमबार नागार्जुन नगरपालिका मेयर मोहन बहादुर बस्नेतले कीर्तिपुर अस्पतालमा पुगि उपचारत पवित्रालाई भेटेर सहानुभुती प्रदान गर्नुका साथै उपचार पछि नगरपालिकाले रोजगार उपलब्ध गराउने प्रतिबध्दता गरेका थिए । भेटघाटको क्रममा मेयर बस्नेतले एसिड प्रहार गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै, एसिड बिक्री वितरणलाई नियमन गर्न समेत सरकारलाइ आग्रह गरेका थिए ।

घरबाट सामान किन्न भनेर निस्किएकी युवतीमाथि साउन ८ गते साँझ काठमाडौंको बाफलमा एसिड प्रहार गर्ने रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र सोही स्थान बस्ने मुन्ना मोहमदलाई प्रहरीले पक्राउ गरेको छ ।

एसिड आक्रमण गरेर अनुहार कुरुप बनाउनेलाई ५ देखि ८ वर्ष कैद र १ देखि ५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । शरीरका अङ्गमा क्षति गर्नेगरी एसिड आक्रमण गर्नेलाई ३ देखी ५ वर्ष कैद र ५० हजारदेखि ३ लाख सम्म जरिवाना हुने र जरिवाना रकम पिडीतलाई क्षतिपुर्ति दिने कानुनी व्यवस्था छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार