बझाङमा कोरोना संक्रमणबाट ६५ वर्षका पुरुषको मृत्यु

बझाङमा कोरोना संक्रमणबाट ६५ वर्षका पुरुषको मृत्यु

काठमाडौं । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बुङ्गल नगरपालिका–३ का ६५ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । असार २४ गते भारतबाट फर्किएका उनलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो। कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै ६ साउनमा घर पठाइएको थियो।

९ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उनको निधन भएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो। स्थानीयले परम्परागत तरिकाले मृतकको दाहसंस्कार गरेका थिए ।

दाहसंस्कारमा सहभागीहरुमा पनि कोरोनाको संक्रमण सरेको हुन सक्ने भएकोले कन्ट्रयाक्ट ट्रेसिङ गरी सबैको स्वाब परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार