वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेट

वरिष्ठ नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेट

तस्वीर: रामचन्द्र पौडेलको फेसबूकबाट।

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच मंगलबार भेट भएको छ। पौडेलको निवास बालुवाटारमा भेट्न पुगेकी यान्छीले नेपाल र चीनको औपचारिक सम्बन्ध शुरु भएको ६३औं वर्ष गाँठको विषयमा छलफल भएको जनाइएको छ।

“सयौं वर्ष पहिले देखिको नेपाल र चीनबीचको सुमधुर सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्ष गाँठको अवसरमा भेट भएको हो,” पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भेटमा बीपी कोइराला र माओत्से तुङका पालादेखिको नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको बीचको सम्बन्धको चर्चा भएको छ।”

भेटमा चीन सरकारले काेराेना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई काेराेना नियन्त्रणका लागि यथेष्ट सहयोग गर्नेबारे चर्चा भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार