नहरमा खुट्टा चिप्लिएर बगाउँदा कल्पनाको मृत्यु

नहरमा खुट्टा चिप्लिएर बगाउँदा कल्पनाको मृत्यु

मुसिकोट । नहरमा डुबेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ।  जिल्लाको बााँफिकोट गाउँपालिका वडा नम्बर १ पुमाखोला लघु जलविद्युतको नहरको डिलबाट हिँडदै गर्दा चिप्लिएर बगाउँदा सोहि ठाउँकै १७ बर्षकी कल्पना विकको मुत्यु भएको हो ।

मंगलबार साँझ ५ बजे घरबाट धान गोडनलाई भनि खेतमा जाँदै गर्दा खुट्टा चिप्लिएर नहरमा खसेपछि मुत्यु भएको बाँफिकोट गाउँपालिका वडा नम्बर १ का  वडा अध्यक्ष हर्कु मल्लले जानकारी दिए । वडा अध्यक्षका अनुसार उनकाे बुधबार दिउँसो मृत अवस्थामा नहर छेउमा शब फेला परेकाे थियाे ।

कल्पना जनएकता आधारभुत विद्यालय बाँफिकोटमा कक्षा ७ मा पढदै आएकी थिइन । मृतक कल्पनाका बुवा र आमा सोहि लघु जलविद्युतमा कर्मचारीको रुपमा काम गर्दै आएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार